Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बिराटनगरबाट प्रचण्डलाई ओलीको प्रश्न - तपाईको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?

बिराटनगरबाट प्रचण्डलाई ओलीको प्रश्न - तपाईको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?

  • शनिवार, भाद्र २५ २०७९

  • 681
    SHARES

  • बिराटनगरबाट प्रचण्डलाई ओलीको प्रश्न - तपाईको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनुभएको छ ।

    शनिबार (आज) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’

    सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीको आरोप थियो ।

    तर अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारुढ माओवादीका अध्यक्षले भनेका छन् नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’

    यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उहाँले आग्रह गर्नुभएको छ ।


    शनिवार, भाद्र २५ २०७९०४:१४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij