Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लद्दाखमा भारत–चीनबीच पुनः तनाव हुनुको कारण के ?

लद्दाखमा भारत–चीनबीच पुनः तनाव हुनुको कारण के ?

  • सोमवार, भाद्र १५ २०७७

  • 846
    SHARES

  • लद्दाखमा भारत–चीनबीच पुनः तनाव हुनुको कारण के ?

    एजेन्सी । लद्दाखस्थित सीमाना क्षेत्रमा भारत र चीनबीच पुनः तनाव सुरु भएको छ । चिनियाँ पक्षका कारण तनाव सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सीमा क्षेत्रबारे भएको सहमति विपरित चिनियाँ सैनिकले उत्साउने कदम चालेको भारतीय सेनाले जनाएको छ । तर, आफूहरुले ठूलो दुर्घटना हुनबाट रोकेको उसको दाबी छ ।

    ‘पेंन्गोंग त्सो लेकमा चिनियाँ सैनिकको उत्साहटपूर्ण कदमलाई हामीले रोक्न सफल भएका छौं’, भारतीय सेनाले वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छौं । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छौं ।’

    पछिल्लो झडप २९ अगष्टमा भएको जानकारी दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले भारत–चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका छन् ।

    चिनियाँ पक्षले भने यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


    सोमवार, भाद्र १५ २०७७०४:५२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij