Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

  • सोमवार, भाद्र १५ २०७७

  • 1.2K
    SHARES

  • भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

    एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८५ वर्षको उमेरमा आज निधन भएको छ । उनको आज साँझ ६ बजे निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

    मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।

    पूर्वराष्ट्रपति मुखर्जी कोमामा थिए र उनलाई भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो । उनको फोक्सोमा संक्रमणसमेत भएको थियो ।

    अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरस संक्रमित पनि पुष्टि भएको थियो ।

    भारतका वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गरेर मुखर्जीको निधनमा दुःख व्यक्त गरेका छन् ।

    मुखर्जीले भारतको वित्त, रक्षा तथा विदेशमन्त्री जस्ता पदको जिम्मेवारी पनि सम्हालेका थिए।

     


    सोमवार, भाद्र १५ २०७७०६:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij