Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

  • बिहिवार, भाद्र ३० २०७९

  • 606
    SHARES

  • फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

    काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

    फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।

    जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् ।


    बिहिवार, भाद्र ३० २०७९०१:०९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij