Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पुरानो बन्दसूचीका उम्मेदवार स्वतः खारेज हुने आयोगको निर्णय

पुरानो बन्दसूचीका उम्मेदवार स्वतः खारेज हुने आयोगको निर्णय

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 463
    SHARES

  • पुरानो बन्दसूचीका उम्मेदवार स्वतः खारेज हुने आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची हटाउने निर्णय गरेको छ ।

    गत बुधबार दल र आयोगबीच भएको बैठकले साविकको बन्दसूची आयोगले स्वतः खारेज गर्ने निर्णय गरेको थियो । सोही सहमतिका आधारमा भोलि १ असोज राति १२ बजेदेखि स्वतः कायम नरहने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

    पुरानो बन्दसूची खारेज भएसँगै गत चुनावको बन्दसूचीमा रहेका करिब १८ हजार उम्मेदवार फेरि उम्मेदवार बन्ने बाटो खुलेको छ । आयोगले उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरूलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

    आगमी मंसिर ४ मा हुने चुनावका लागि २ र ३ असोजमा बन्दसूची पेस गर्ने कार्यतालिका छ ।


    शुक्रवार, भाद्र ३१ २०७९१२:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij