Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी अपडेट : संघ समानुपातिक सूचीमा ५६७ र प्रदेशमा ९४९ जनाको नाम सिफारिस

माओवादी अपडेट : संघ समानुपातिक सूचीमा ५६७ र प्रदेशमा ९४९ जनाको नाम सिफारिस

  • आइतवार, आश्विन २ २०७९

  • 509
    SHARES

  • माओवादी अपडेट : संघ समानुपातिक सूचीमा ५६७ र प्रदेशमा ९४९ जनाको नाम सिफारिस

    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा ५६७ जना र प्रदेश सभातर्फ ९४९ जनाको नाम सिफारिस भएको छ ।

    संघीय सांसदका लागि समानुपातिकतर्फ कुल ११० जना र प्रदेश सभातर्फ कुल २२० जना हुने व्यवस्था छ । तर, माओवादी प्रदेश कमिटीबाट ठूलो संख्यामा संघ र प्रदेश राखिने समानुपातिक नाम सिफारिस भएपछि फाइनल सूची तयार पार्न सकस परेको हो ।

    सबैभन्दा बढी मधेस प्रदेशबाट ३२६ जना र सबैभन्दा कम कर्णाली प्रदेशले १६ जनाको नाम समानुपातिकका लिष्टमा सिफारिस गरेको एक पदाधिकारीले बताए । यस्तै प्रदेश नम्बर एकले ५२ जना, बागमती प्रदेशले ४४ जना, गण्डकी प्रदेशले ४४ जना लुम्बिनी प्रदेशले ३५ जना र सुदूरपश्चिम प्रदेशले ९३ जनाको नाम सिफारिस गरेको छ ।

    अरु तीन गैरभौगोलिक गरेर कुल ९४९ जनाको प्रदेशसभा समानुपातिकमा नाम सिफारिस भएको ती पदाधिकारीले बताए । आवश्यकताभन्दा बढी संघ र प्रदेशमा समानुपातिक लिष्ट पठाएपछि केन्द्रलाई निर्वाचन आयोगमा बुझाउने लिष्ट तयार पार्न टाउको दुखाइ भएको हो ।

    माओवादीको आइतबार बसेको पदाधिकारी बैठकले समेत समानुपातिक लिष्ट धेरै भएकाले फाइनल गर्न सकेन । पार्टी पदाधिकारीले संघ र प्रदेशसभामा बस्ने समानुपातिक लिष्ट तयार गर्न नसकेपछि सम्बन्धित प्रदेशलाई पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको छ । पार्टी पदाधिकारीले समानुपातिक लिष्ट छान्न नसकेपछि सम्बन्धित प्रदेशलाई पुनर्विचार गरेर पठाउन निर्देशन दिएको बैठकपछि पार्टी सचिव गणेश शाहले बताउनुभयो।

    ‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्नेछ।’ प्रदेशबाट ठूलो संख्यामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि धेरै नाम सिफारिस भएपछि पार्टी पदाधिकारीलाई छनोट गर्न समस्या परेको हो ।


    आइतवार, आश्विन २ २०७९०२:०४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij