Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मेयर बालेनले दिए महिला टोलीलाई जितको अग्रिम शुभकामना

मेयर बालेनले दिए महिला टोलीलाई जितको अग्रिम शुभकामना

  • सोमवार, आश्विन ३ २०७९

  • 671
    SHARES

  • मेयर बालेनले दिए महिला टोलीलाई जितको अग्रिम शुभकामना

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिएका छन् ।

    छैटौं संस्करणको महिला साफको उपाधि भिडन्त अघि बालेनले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।

    मेयर बालेनले सोमबार सामाजिक संजाल फेसबुकबाट नेपाली टोलीलाई ऐतिहासिक जितको शुभकामना दिएका हुन् ।

    बालेनले यस जितले महिला फुटबल नयाँ अध्याय सुरु हुने समेत उनले बताएका छन् ।

    'हामी ऐतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ । आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई शुभकामना' उनले लेखेका छन् ।

    दशरथ रंगशालामा नेपालले फाइनलमा आज बंगलादेशको सामना गर्नेछ । फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।


    सोमवार, आश्विन ३ २०७९०२:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij