Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगमा शीर्ष दल, मध्यरातिसम्म बन्दसूची मिलाइने

निर्वाचन आयोगमा शीर्ष दल, मध्यरातिसम्म बन्दसूची मिलाइने

  • सोमवार, आश्विन ३ २०७९

  • 403
    SHARES

  • निर्वाचन आयोगमा शीर्ष दल, मध्यरातिसम्म बन्दसूची मिलाइने

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन चाहने दलहरू निर्वाचन आयोग पुगेका छन् ।

    साँझ ५ बजेसम्ममा आयोग परिसर प्रवेश गरिसकेका दलहरूले बन्दसूची बुझाउन पाउने छन् । उम्मेदवारहरूको सूची रुजु गर्नुपर्ने भएकाले दर्ता गर्न भने समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

    सूची दर्ताको काम मध्यरातसम्म पनि चल्न सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले ढिला गरी मात्र निर्वाचन आयोग पुगेका थिए ।

    कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा नेताहरू आयोग पुगेका छन् भने एमालेबाट निर्वाचन विभागका उपप्रमुख निरज आचार्यलगायत आयोगको कार्यालय पुगेका छन् ।

    माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन लगायतका नेताहरू आयोगमा पुगेका थिए । यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट पनि उपमहासचिव गंगालाल तुलाधर लगायत नेताले आयोग पुगेर बन्दसूची बुझाएका छन् ।

    हालसम्म कति दलले बन्दसूची बुझाए भन्ने यकिन तथ्यांक निर्वाचन आयोगले सार्वजनिक गरेको छैन । अपराह्न ४ बजेसम्ममा ३२ दलले बन्दसूचीका लागि दस्तुर बुझाएका थिए ।

    प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि कुल ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज पेश भएको बन्दसूची १६ गतेसम्म सच्याउन सकिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

    प्रत्यक्षतर्फको मनोनयन भने असोज २३ गते हुँदैछ ।


    सोमवार, आश्विन ३ २०७९०६:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij