Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दशैं अगाडि देखि नै आचारसंहिता लागु हुन्छ : शालिग्राम शर्मा पौडेल

दशैं अगाडि देखि नै आचारसंहिता लागु हुन्छ : शालिग्राम शर्मा पौडेल

आजदेखि ९ गतेसम्म बन्दसूचीको छानबिन प्रक्रिया सुरु
  • मंगलवार, आश्विन ४ २०७९

  • 720
    SHARES

  • दशैं अगाडि देखि नै आचारसंहिता लागु हुन्छ :  शालिग्राम शर्मा पौडेल

    काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दशैं अगाडि नै आचारसंहिता लागु हुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले समानुपातिकतर्फ ४८ वटा दलले उम्मेदवारको बन्दसूची दर्ता गराएको बताउनुभयो । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ ।

    अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

    मंसिर ४ गते हुने निर्वाचनका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । आयोगले आज (४ गते) देखि ९ गतेसम्म बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ । यस्तै असोज १० देखि १६ गतेसम्म दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने तालिका आयोगले तोकेको छ । यसैबीच उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिने समय भने असोज १७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्म तोकिएको छ ।

    असोज १७ गते उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित दललाई दिने समय रहेको छ भने असोज २० देखि २२ गतेसम्म बिहान १०  देखि दिउँसो ३ बजेसम्म रिक्त स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी पेस गर्ने समय निर्धारण गरिएको छ ।

    २२ गते आयोगले बन्दसूचीको सूचना प्रकाशन गर्ने छ भने २३ देखि २९ गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबीविरोध गर्न निवेदन दिने कार्यतालिका रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

    असोज ३० देखि कात्तिक ५ गतेसम्म दाबीविरोधको निवेदनउपर जाँचबुझ र निर्णय गर्ने कार्यताकिा रहेको छ भने कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने उहाँले बताउनुभयो । यस्तै कात्तिक ९ गते बन्दसूचीमा रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यताकिा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।


    मंगलवार, आश्विन ४ २०७९०७:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij