Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुकेश अम्बानीले सारे आफ्नो उत्तराधिकारीमा छोरीलाई

मुकेश अम्बानीले सारे आफ्नो उत्तराधिकारीमा छोरीलाई

  • मंगलवार, आश्विन ४ २०७९

  • 538
    SHARES

  • मुकेश अम्बानीले सारे आफ्नो उत्तराधिकारीमा छोरीलाई

    काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्सको उत्तराधिकारीको योजनामा छोरीलाई अघि बढाएका छन् । ​

    बीबीसीका अनुसार रिलायन्स ग्रुप अफ कम्पनीको वार्षिक साधारणसभामा मुकेशले रिलायन्सको उत्तराधिकारीको रुपमा छोरी ईशा अम्बानीलाई अघि सारेका छन् । मुकेशले वार्षिक साधारण सभामा आफ्ना तीन सन्तानमध्ये प्रत्येकका लागि निश्चित भूमिका कोरेका छन् ।​ अम्बानीका जेठा जुम्ल्याहा सन्तान आकाश र इशा अम्बानीले क्रमशः रिलायन्स इन्डष्ट्रिज लिमिटेडको दुरसञ्चार र खुद्रा व्यवसायको नेतृत्व गर्नेछन् जबकी उनका कान्छो छोरा अनन्तलाई नयाँ ऊर्जा सम्हाल्न तयार पारिएको छ ।

    बजार मूल्याङ्कनका आधारमा रिलायन्स भारतको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो । यसको कुल सम्पत्ति २ सय २० अर्ब अमेरिकी डलर रहेको छ ।

    बुवा धिरुभाइ अम्बानीको निधनपछि आफू र आफ्ना भाइ अनिल अम्बानीबीच सम्पत्तिको विषयमा अत्यधिक झगडा भएका कारण, उनी इतिहास दोहोराउने पक्षमा थिएनन् ।

    त्यसैले पनि उनले आफ्नो समय रहँदा नै सम्पत्तिको किचलो नहोस् भनेर उत्तराधिकारीको स्पष्ट रोडम्याप तयार पारेको धेरैले बताएका छन् ।


    मंगलवार, आश्विन ४ २०७९०२:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij