Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

  • शुक्रवार, आश्विन ७ २०७९

  • 398
    SHARES

  • असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो ।

    आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

    निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।

    Capture.PNG


    शुक्रवार, आश्विन ७ २०७९०५:२१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij