बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । १७ घर पुरिँदा ७ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभएको छ ।
गाउँ प्रहरी रहेको ठाउँबाट खोला पारी रहेको र खोलामा बाढी आएकाले उद्दारका लागि घटनास्थल जान नसकिएको डीआईजी सुवेदीले बताउनुभयो । उहाँले स्थानीयले ७ जना हराइरहेको जानकारी दिदै क्षतिको यकिन विवरण आउन नसकेको बताउनुभयो ।