Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोसपाकी पूर्वसांसद चौधरी कांग्रेसमा प्रवेश

लोसपाकी पूर्वसांसद चौधरी कांग्रेसमा प्रवेश

  • बुधवार, आश्विन १२ २०७९

  • 938
    SHARES

  • लोसपाकी पूर्वसांसद चौधरी कांग्रेसमा प्रवेश
    काठमाडौं । लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो। 
     
    कांग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको स्रोतले बताएको छ । सर्लाही–४ मा डा। अमरेशकुमार सिंहले टिकटको दाबी गर्दै आउनुभएको छ। चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।
     
    लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्त ठाकुर निकट हुनुहुन्छ। उहाँ लोसपाबाट समानुपातिक सांसद हुनुभएको थियो।  यस पटक समानुपातिकमा नपरेपछि उहाँ कांग्रेसमा प्रवेश गर्नुभएको हो ।


    बुधवार, आश्विन १२ २०७९०६:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij