Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना निको

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना निको

  • बिहिवार, आश्विन १३ २०७९

  • 556
    SHARES

  • थप ४५ जनामा कोरोना संक्रमण, ७० जना निको

    काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टिजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    देशभर कोरोनाभाइरस संक्रमण घटिरहँदा पछिल्लो २४ घण्टामा ९ वटा जिल्लामा मात्रै संक्रमित थपिएका छन् । तीमध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, भक्तपुर र सिन्धुपाल्चोकमा एक एकजना संक्रमित थपिएका हुन् । 

    स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १२, ललितपुरमा ५ र चितवनमा २ जनामा संक्रमण देखिएको छ । थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९५ मा झरेको छ ।  


    बिहिवार, आश्विन १३ २०७९०५:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij