Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

  • शनिवार, आश्विन १५ २०७९

  • 456
    SHARES

  • नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्किँदै

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्किनुहुने भएको छ ।

    राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उहाँले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गर्नुभएको छ ।

    राजदूत होउ बढुवा भइ आसियन मूलूकमा राजदूतको रुपमा पठाउन लागिएको उच्चस्तरीय कूटनीतिक स्रोतले जानकारी दिएको छ ।

    राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे निर्णय भइनसकेको कूटनीतिक स्रोतले जनाएको छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आउनुभएको थियो ।

    हिजो नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएसँगै चार वर्ष कार्यकाल पूरा गरी ¥यान्डी बेरी भोलि स्वदेश फर्कँदै हुनुहुन्छ ।


    शनिवार, आश्विन १५ २०७९०३:३२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij