Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा

  • आइतवार, आश्विन १६ २०७९

  • 588
    SHARES

  • निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा

    काठमाडौं। निर्वाचन आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा आगामी संसदीय दलका उम्मेदवारको चुनावी खर्चको सीमा तोकेको छ।

    आयोगले आइतबार उम्मेदवारले खर्च गर्न सक्ने सीमा तोकेको हो। स्थानीय तह निर्वाचनमा समेत आयोगले सीमा तोके पनि बलियो अनुगमन भने हुन सकेन।

    आयोगले सार्वजनिक गरेको सूचीमा सबभन्दा कम सीमा काठमाडौँका ५ निर्वाचन क्षेत्रका उम्मेदवारलाई तोकेको छ। आयोगका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेदवारहरूले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न सक्छन्।

    तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौँ २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्।

    झापा १ र ४, मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १,२,३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १,२,३ र ४, बारा २,३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १ का उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

    यसैगरी चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बागलुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ का उम्मेदवार सहित ६५ निर्वाचन क्षेत्रकाको सीमा पनि २९ लाख छ।


    आइतवार, आश्विन १६ २०७९०६:१३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij