Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा विद्रोह, ४० जनाले दिए राजीनामा 

भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा विद्रोह, ४० जनाले दिए राजीनामा 

  • शनिवार, आश्विन २२ २०७९

  • 1.1K
    SHARES

  • भीम रावलले टिकट नपाएपछि अछाम एमालेमा विद्रोह, ४० जनाले दिए राजीनामा 
    काठमाडौं । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।
     
    एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरू प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर र सागर सिंह बाब्ली रहेका छन् । एमाले अछामले रावलको नाम एकल सिफारिस गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिनुभएको छ।
     
    पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पुरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरूले पार्टी छाडेको उनीहरूले बताएका छन् ।
    UML-Achham-2.jpgUML-Achham-1.jpg


    शनिवार, आश्विन २२ २०७९०४:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij