Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाले टुंग्यायो काठमाडौंमा उम्मेदवार(सूचीसहित)

राप्रपाले टुंग्यायो काठमाडौंमा उम्मेदवार(सूचीसहित)

  • शनिवार, आश्विन २२ २०७९

  • 613
    SHARES

  • राप्रपाले टुंग्यायो काठमाडौंमा उम्मेदवार(सूचीसहित)
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।  संसदीय बोर्डले उम्मेदवार टुंगो लगाएको एक राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।
     
    जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ उम्मेदवार बन्नुहुने भएको छ । उम्मेदवार टुंगो लगाए पनि मनोनयन फिर्ता लिने दिनसम्म तालमेल सम्भावना रहने उहाँको भनाई छ ।
     
    प्रवक्ता श्रेष्ठका अनुसार काठमाडौंमा राप्रपाले एमालेसँग मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति पनि गरेको छ। राप्रपाले केही निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गरेको छ। रुपन्देही, बाँके र चितवन लगायतका केही क्षेत्रमा  राप्रपा–एमाले तालमेलको सहमति भएको छ।

    हेर्नुहोस् राप्रपाले टुंग्याएको उम्मेदवार सूची:

    प्रतिनिधिसभा क्षेत्र नं १ : रवीन्द्र मिश्र

    प्रदेसभा क – नवीन शाही

    प्रदेसभा ख- यज्ञबहादुर शाह

    प्रतिनिधिसभा क्षेत्र नं २ : नवराज सिंखडा

    प्रदेश सभा क- सुनील केसी

    प्रदेश सभा ख- राजु विष्ट

    प्रतिनिधिसभा क्षेत्र नं ३ : गणेश गिरी

    प्रदेश सभा क- चुण्डी लामा

    प्रदेश सभा ख- आनन्दराम थापा

    प्रतिनिधिसभा क्षेत्र नं ४ : डा. ठाकुरमोहन श्रेष्ठ

    प्रदेश सभा क- ऋद्धि प्रताप जबरा

    प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

    प्रतिनिधिसभा क्षेत्र नं ५ : डा.रामप्रसाद उप्रेती

    प्रदेश सभा क- राजेन्द्र प्रजापति

    प्रदेश सभा ख- नवीन खड्का

    प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य

    प्रदेश सभा क- जगत सागर महर्जन

    प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

    प्रतिनिधिसभा क्षेत्र नं ७ : ध्रुब विक्रम मल्ल

    प्रदेश सभा क- रोजिना गुरुङ

    प्रदेश सभा ख- लाल कुमार लामा

    प्रतिनिधिसभा क्षेत्र नं ८ : प्रकाश रिमाल

    प्रदेश सभा क: केदार धमला

    प्रदेश सभा ख- उद्धव थापा

    प्रतिनिधिसभा क्षेत्र नं ९ : देवेन्द्र प्रधान

    प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य

    प्रदेश सभा ख- दिलीप कार्की

    प्रतिनिधिसभा क्षेत्र नं १०: बलराम थापा

    प्रदेश सभा क- उमेश सापकोटा

    प्रदेश सभा ख- सूर्यबहादुर महर्जन


    शनिवार, आश्विन २२ २०७९०५:०२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij