Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेमा टिकट वितरणलाई लिएर खैलाबैला, पार्टी परित्याग गर्दै नेता कार्यकर्ता (खास खबर)

एमालेमा टिकट वितरणलाई लिएर खैलाबैला, पार्टी परित्याग गर्दै नेता कार्यकर्ता (खास खबर)

  • शनिवार, आश्विन २२ २०७९

  • 1.6K
    SHARES

  • एमालेमा टिकट वितरणलाई लिएर खैलाबैला, पार्टी परित्याग गर्दै नेता कार्यकर्ता (खास खबर)
    काठमाडौं । नेकपा एमालेमा प्रतिनिधि र प्रदेशसभा सदस्यको टिकट वितरणलाई लिएर चरम असन्तुष्टि देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल टिकट वितरण गरेको भन्दै केन्द्र र जिल्ला तहका नेता, कार्यकर्ताहरूले पार्टी परित्याग सुरु गरेका छन् । 
     
    नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले त्यागेको घोषणा गरिसक्नुभएको छ । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको भुसालको दाबी छ ।
     
    नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताउनुभएको छ । यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु । आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ रावलले भनेका छन् । यता, एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीले दिएको टिकटलाई अस्वीकार गर्दै ओलीलाई विकल्प खोज्न भन्नुभएको छ । 
     
    यसैबीच, एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले सबैका गतिविधिलाई सूक्ष्म रुपमा हेरिरहेकोले टिकट पाउने/नपाउने विषय ठुलो नभएको बताउनुभयो । पार्टीलाई सबै मिलेर विजयोन्मुख बनाउनुपर्ने उहाँको धारणा छ । 
     
    एमाले नेता लालबाबु पण्डितका अनुसार सबैको भावना अनुसार टिकट वितरण सम्मानजनक भएको छैन । यद्यपि नेतृत्वले हतारका निर्णय लिनुपर्ने हुँदा सबैले स्वीकार गर्नुको विकल्प छैन । 
     
    एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए । एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकांक्षामा रावल र घनश्याम भुसालले चुनौती दिएका थिए ।
     


    शनिवार, आश्विन २२ २०७९०७:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij