Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीलाई सिरिञ्ज

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीलाई सिरिञ्ज

  • बुधवार, आश्विन २६ २०७९

  • 802
    SHARES

  • प्रधानमन्त्री देउवाका प्रतिस्पर्धीलाई सिरिञ्ज

    काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् ।

    बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।

    आज उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम समेत रहेको थियो । सो क्रममा डडेल्धुरामा ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

    फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिएका छन् ।


    बुधवार, आश्विन २६ २०७९०५:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij