Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रभु साहसहितका नेताहरू एमालेबाट निष्कासित

प्रभु साहसहितका नेताहरू एमालेबाट निष्कासित

  • शुक्रवार, आश्विन २८ २०७९

  • 633
    SHARES

  • प्रभु साहसहितका नेताहरू एमालेबाट निष्कासित
    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य एवं मधेश प्रदेशका सह–इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमालेले साहलाई पार्टीबाट निष्कासन गरेको हो । 
     
    त्यसैगरी रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निष्कासन गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको एमाले महासचिव शंकर पोखरेलले गरेको परिपत्रमा उल्लेख छ ।
     
    प्रभु साहले पार्टीको तर्फबाट प्रतिनिधि सभातर्फ टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। उहाँले पार्टीले जसपासँग अनैतिक रुपमा तालमेलको निर्णय गरेको भन्दै पार्टीलाई उम्मेदवारविहीन बनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 
     
    prabhu-saha-14102022120814-1000x0.jpg


    शुक्रवार, आश्विन २८ २०७९०३:५०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij