Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

 शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

  • आइतवार, आश्विन ३० २०७९

  • 613
    SHARES

  •  शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
    काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आज चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । 
     
    ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड  (न) मा ‘‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुस्ट्याइँ गर्ने आधार के छ ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ । 
     
    निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको भन्दै आयोगले ‘तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ?’ भनी प्रश्न गरेको  छ ।  
     
    आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गरेको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।
     


    आइतवार, आश्विन ३० २०७९०५:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij