Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

  • सोमवार, आश्विन ३१ २०७९

  • 467
    SHARES

  • बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या
    एजेन्सी । बङ्गलादेशमा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । एक दर्जन व्यक्तिको भीडले उनीहरूको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।
     
    करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो । सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ । 
     
    हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ । गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत तर्साउने गरिरहेका छन् ।
     
    प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका रोयटर्सले लेखेको छ । 
     
    “एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए। उनीहरूले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अनवरको अस्पतालमा मृत्यु भएको थियो।
     
    ‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो ।
     
    “पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको छ,” महफुजुल इस्लामले एएफपीसँग भने ।


    सोमवार, आश्विन ३१ २०७९०६:४३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij