Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा

भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा

  • सोमवार, आश्विन ३१ २०७९

  • 656
    SHARES

  • भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा
    एजेन्सी । भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदै छ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।
     
    कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्गे र शशि थरुर प्रतिस्पर्धामा छन् । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।
     
    अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्त्वका साथ हेरिएको छ । 


    सोमवार, आश्विन ३१ २०७९०८:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij