Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित 

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित 

  • बुधवार, कार्तिक २ २०७९

  • 850
    SHARES

  • भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित 
    काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन् ।
     
    खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । यद्यपि उनलाई गान्धी परिवारकै निकट मानिएको छ ।
     
    खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा गरेका थिए । त्यसपछि सोनिया अन्तरिम अध्यक्ष बनेकी थिइन् ।
     
    भारतीय राष्ट्रिय कांग्रेसले छैटौं पटक चुनावबाट नेतृत्व चयन गरेको हो । अध्यक्षमा पराजित थरुरले भने नतिजा आउनुअघि नै धाँधलीको आरोप लगाएका थिए ।


    बुधवार, कार्तिक २ २०७९०२:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij