Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१० करोडको भैँसी ‘गोलु टू’, हेर्नेको भिड

१० करोडको भैँसी ‘गोलु टू’, हेर्नेको भिड

  • बुधवार, कार्तिक २ २०७९

  • 1.2K
    SHARES

  • १० करोडको भैँसी ‘गोलु टू’, हेर्नेको भिड

    काठमाडौं । भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको भैँसी गोलु टु आकर्षणको केन्द्र बन्यो ।

    हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र सिंहले मेलामा आफ्नो भैँसी गोलु टुलाई लिएर गएका हुन् । गोलु टुलाई हेर्नका लागि मानिसहरुको अत्यधिक भीड लाग्यो ।

    नरेन्द्र सिंहले बताए अनुसार उनको भैँसीको नाम गोलु टु यसकारण छ किनभने यसको हजुरबुवाको नाम गोलु वान थियो र यो गोलु वानभन्दा पनि निकै शानदार छ, यसैकारण यसको नाम उसको हजुरबुवाको नाममा राखिएको हो । नरेन्द्र सिंहले बताए अनुसार उनको भैँसी शुद्ध मुर्रा प्रजातिको हो र उसकी आमाले प्रतिदिन २६ किलो दुध दिने गर्छ ।

    गोलु टु भैँसीको तौल १५ क्विन्टल छ अर्थात् १५०० किलो र यो ४ वर्ष ६ महिनाको छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु हरेक दिन ३० किलो घाँस पात, ७ किलो गहुँ–चना र ५० ग्राम मिनरल मिक्सचर खान्छ । नरेन्द्र सिंहले बताए अनुसार गोलु टुको वीर्यले उनले निकै आम्दानी भइरहेको छ ।

    नरेन्द्र सिंहका अनुसार खरिदकर्ताले गोलु टुको मूल्य १० करोड भारुसम्म तोकेका छन् तर उनी यो बेच्न तयार नै छैनन् । किसान मेलामा आएका लगभग सबैजसो यो भैँसीलाई देखेपछि चकित छन् ।

    buffalo1_kVboJr42ck.png


    बुधवार, कार्तिक २ २०७९०२:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij