Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

  • शुक्रवार, भाद्र १९ २०७७

  • 1.0K
    SHARES

  • सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ ।

    आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।

    आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ ।

    यसअघि हिजो साँझ भएको खेल वर्षाले प्रभावित भएपछि जमैका र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले एक–एक अंक बाँडेका थिए ।


    शुक्रवार, भाद्र १९ २०७७१२:५३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij