Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचनपछि जनकपुरको रेलभन्दा छिटो विकास हुन्छः केपी ओली

आगामी निर्वाचनपछि जनकपुरको रेलभन्दा छिटो विकास हुन्छः केपी ओली

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 585
    SHARES

  • आगामी निर्वाचनपछि जनकपुरको रेलभन्दा छिटो विकास हुन्छः केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्ने बताउनुभएको छ । आज जनजाति आदिवासीहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले यो सरकारले विकासका काम नगरेको भन्दै मंसिरको निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले रेलको गतिमा विकासका काम गर्ने बताउनुभएको हो ।

    ‘यो सरकारलाई काम गर्ने फुर्सद पनि छैन, यो काम गर्न जन्मेको पनि होइन । बेग्लै उद्देश्यका लागि जन्मिएको सरकार त्यसैगरी अलमलिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘र अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अघि बढ्छ ।’

    उहाँले हाम्रो डोमेस्टिकमा उड्ने सौर्य र सिम्रिक एयरभन्दा छिटो जेट विमान उड्ने भन्दै सोही गतिमा मंसिर ४ पछि विकासको गति अघि बढ्ने बताउनुभएको हो । ‘त्यो गतिमा विकास हुन्छ । यो सन्देश गाउँगाउँमा लैजानुस् । जनताको महाअदालत मंसिर ४ गते बस्दैछ । महाफैसला गर्दैछ’, ओलीको भनाइ छ ।

    ओलीले आफुले नेपालमा रेल चलाउने भन्दै उडाएको भन्दै केही दिनअघि आफै रेलको टिकट काटेर चढेको बताउनुभयो । ‘हामीले रेल ल्याएका छौ । रेल भन्दा मजाकमा उडाउँथे । ‘अस्ति म रेलको टिकट काटेर रेल चढेर आएँ’, उहाँले भन्नुभयो, ‘त्यसदिन रेल नै ढिलो थियो कि के भो एकछिन ढिलो भो भनेर अत्तो थापे केहीले । म चढ्न जाँदा ढिलो भयो रे, हुनसक्छ मैले १४६ को टिकट काटेपछि त्यो १४६ जना मानिस चढ्दा अतिरिक्त ढिला भयो कि थाहा छैन, तर रेल खचाखच, कोचाकोच भयो ।’

    उहाँले रेलको संख्या थपिदिनुपर्यो भनेर आफुलाई भनिएको पनि बताउनुभएको छ ।


    शुक्रवार, कार्तिक ४ २०७९०५:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij