Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीन सबैका लागि खुला र उदार रहनेछ : सी

चीन सबैका लागि खुला र उदार रहनेछ : सी

  • आइतवार, कार्तिक ६ २०७९

  • 605
    SHARES

  • चीन सबैका लागि खुला र उदार रहनेछ : सी

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले चीन बाँकी विश्वमा थप खुला रहने बताएका छन् ।

    आइतबार नव गठित केन्द्रीय समितिको पहिलो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    ‘हामी सुधारलाई सघन बनाउन, सबै क्षेत्रमा खुला रहन र उच्च गुणस्तरीय विकास हासिल गर्न दृढ रहनेछौँ,’ ग्रेट हल अफ द पिपुलमा भएको पत्रकार भेटघाटमा सीले भने । त्यस अवसरमा सीले समृद्ध चीनले विश्वका लागि धेरै अवसरहरू सिर्जना गर्ने बताए ।

    ‘जसरी विश्वबाट अलग भएर चीनले विकास गर्न सक्दैन, त्यसरी नै विश्वलाई आफ्नो विकासका लागि चीनको आवश्यकता छ,’ सीले भने । ४० वर्षभन्दा बढीको अथक सुधार र खुलापनमार्फत चीनले ‘द्रुत आर्थिक वृद्धि’ र ‘दीगो सामाजिक स्थिरता’ नामका दुई चमत्कारहरू सिर्जना गरेको पनि सीले बताए ।

    चिनियाँ अर्थतन्त्रमा विशाल लचिलोपन र सम्भावना रहेको बताउँदै सीले भने ,‘यसका बलियो आधारभूत कुराहरू परिवर्तन हुनेछैन, र यो लामो समयसम्म सकारात्मक दिशामा रहनेछ ।’(सिन्ह्वा


    आइतवार, कार्तिक ६ २०७९०४:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij