Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली ४ दिनसम्म झापाको कार्यक्रममा व्यस्त रहने

ओली ४ दिनसम्म झापाको कार्यक्रममा व्यस्त रहने

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 542
    SHARES

  • ओली ४ दिनसम्म झापाको कार्यक्रममा व्यस्त रहने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहनुहुने भएको छ । ​आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहनुहुने भएको हो । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

    आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नुहुने छ ।

    उता, १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


    शुक्रवार, कार्तिक ११ २०७९०९:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij