Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

श्रीमतीलाई गाडीले किच्ने चलचित्र निर्माता पक्राउ

श्रीमतीलाई गाडीले किच्ने चलचित्र निर्माता पक्राउ

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 596
    SHARES

  • श्रीमतीलाई गाडीले किच्ने चलचित्र निर्माता पक्राउ

    काठमाडौं । महाराष्ट्रको अम्बोली प्रहरीले चलचित्र निर्माता कमल किशोर मिश्रालाई श्रीमतीलाई गाडीले किचेको आरोपमा पक्राउ गरेको छ ।

    प्रहरीले बिहीबार कमल किशोर मिश्रलाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको हो ।

    सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कमल किशोर मिश्र आफ्नी श्रीमतीमाथि कार चढेको देख्न सकिन्छ । मिश्रकी श्रीमतीले आक्रमणमा टाउकोमा चोट लागेको दाबी गरेकी छन् ।

    यस मामिलामा उजुरी दर्ता गरेपछि मिश्र विरुद्ध आईपीसीको धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

    तर, अहिलेसम्म यस विषयमा कमल किशोर मिश्रको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । मिश्रको आईएमडीबी पेजका अनुसार उनले हालसम्म शर्माजी की लग गयी, भूतियापा, फ्ल्याट नं ४२० देहाती डिस्को र खलीबली छन्।

    यससँगै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रणवीर कपुर, सञ्जय दत्तदेखि लिएर धर्मेन्द्रलगायतका बलिउड सेलिब्रेटीसँगका आफ्ना तस्बिरहरू सेयर गरेका छन् ।


    शुक्रवार, कार्तिक ११ २०७९०३:५७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij