Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको संकल्प पत्र : ६५ वर्षमै वृद्धभत्तादेखि ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी (खासखबर)

कांग्रेसको संकल्प पत्र : ६५ वर्षमै वृद्धभत्तादेखि ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी (खासखबर)

  • शनिवार, कार्तिक १२ २०७९

  • 938
    SHARES

  • कांग्रेसको संकल्प पत्र : ६५ वर्षमै वृद्धभत्तादेखि ५ वर्षमा १२ लाख ५० हजारलाई नयाँ रोजगारी (खासखबर)

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमा केपी शर्मा ओली सरकारका पालामा भएका गलत अभ्यासदेखि नागरिकलाई वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्नेसम्मको सङ्कल्प गरेको छ । आज संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

    घोषणापत्र लेखन समितिका संयोजक एवम् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा रोजगारी सिर्जना गर्ने, नवीनतम सोचका साथ अगाडि बढ्ने, आफूले गरेका कमी कमजोरीबाट पाठ सिक्दै नदोहो¥याउने जस्ता प्रण संकल्प पत्रमा गरिएको बताउनुभयो ।

    यसैगरी न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिइएको छ भने ’ओम्निवस’ आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने पनि बताइएको छ । अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट ९ प्रतिशत पु¥याउने भनिएको छ । कांग्रेसले चुनावी घोषणापत्रमा ‘कोखदेखि शोकसम्म’ भन्ने योजना अघि सारेको छ ।

    कांग्रेसले दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिबद्धतासमेत जनाएको छ । साथै कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको संघीय सरकारले प्रशासनिक बागडोर केन्द्रबाट नियन्त्रण गर्ने पराम्परालाई मलजल गरेको आरोप लगाएको छ । संकल्प पत्रको प्रारम्भिक मस्यौदा समितिका संयोजक स्वर्णीम वाग्लेले नेकपा एमाले सरकारको असफलतादेखि आर्थिक वृद्धिदरको लक्ष्यसम्म समेटिएको बताउनुभयो ।

    कांग्रेसले संघीय संरचनालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई बलियो बनाउने उल्लेख गरेको छ । यस्तै सार्वजनिक संस्थालाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने, २ दर्जन ऐनहरुको आर्थिक प्याकेज ६ महिनाभित्र ल्याउने, संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्नेलगायत ११ बुँदामा गर्ने कार्यहरुको प्रतिवद्धता जारी गरेको छ ।

    कांग्रेसले ९ बुँदामा सार्वजनिक गरेको नगर्ने काममा दलहरुको आन्तरिक विवाद वा फरक दलहरुबीच विवादका कारणले संसद् विघटन गर्ने असंवैधानिक काम नगर्ने उल्लेख गरको छ । कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने महत्वकांक्षी योजना पनि अघि सारेको छ ।


    शनिवार, कार्तिक १२ २०७९०७:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij