Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते 

दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते 

  • आइतवार, कार्तिक १३ २०७९

  • 575
    SHARES

  • दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु, ७६ घाइते 
    एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ। एउटा महत्त्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
     
    सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरूको ठुलो उपस्थिति रहेको थियो।
     
    द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठिक अघि दर्जनौं मानिस एक होटेलनजिकै बेहोस भएका थिए। एक घण्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो। भागदौडबीच केही मानिसहरूलाई हृदयाघात भएको थियो।
     
    भागदौडमा घाइते हुनेहरूमा अधिकांश २० देखि ३० वर्षका युवतीहरू रहेको प्राप्त विवरणमा जनाइएको छ। भागदौडका कारण ठुलो मानवीय क्षति भइरहँदा घटनास्थलमा १४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो।


    आइतवार, कार्तिक १३ २०७९०६:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij