Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बुर्किना फासो : जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

बुर्किना फासो : जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

  • आइतवार, कार्तिक १३ २०७९

  • 403
    SHARES

  • बुर्किना फासो : जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

    काठमाडौं । बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहले आक्रमण गरी १३ सैनिकको हत्या गरेको सुरक्षा स्रोतले आइतबार एएफपीलाई जानकारी दिएको छ ।

    आक्रमणमा सेनाका चार सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ ।

    बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब २० लाख मानिसलाई घरबाट विस्थापित बनेका छन् ।

    पश्चिम अफ्रिकामा अवस्थित यो मुलुकमा जिहादी समूहले थालेको आक्रमणपछि प्रायः ग्रामिण ईलाकामा सरकारी सुरक्षाकर्मीको न्यून उपस्थिति रहने गरेको छ ।


    आइतवार, कार्तिक १३ २०७९०४:१३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij