Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १०० पुग्यो

भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १०० पुग्यो

  • सोमवार, कार्तिक १४ २०७९

  • 483
    SHARES

  • भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १०० पुग्यो

    काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा १०० पुगेको छ । मोरबी नदीमाथि बनेको सस्पेन्सन ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १०० पुगेको हो । यो संख्या अझ बढ्न सक्ने भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

    गुजरात सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै, मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।

    सो दुर्घटना हुनेबेला पुलमा ४०० जना रहेको बताइएको छ । करिब एक शताब्दी पुरानो पुल मर्मतपछि सञ्चालनमा आएको केही दिनमै यस्तो दुर्घटना भएको हो ।


    सोमवार, कार्तिक १४ २०७९०६:२४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij