Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको बयान सकियो, भोली थुनछेक बहस

सन्दीप लामिछानेको बयान सकियो, भोली थुनछेक बहस

  • मंगलवार, कार्तिक १५ २०७९

  • 657
    SHARES

  • सन्दीप लामिछानेको बयान सकियो, भोली थुनछेक बहस

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार (आज) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

    १७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

    मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


    मंगलवार, कार्तिक १५ २०७९०८:००:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij