Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्धारा प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा रोक्न निर्देशन

निर्वाचन आयोगद्धारा प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा रोक्न निर्देशन

  • बुधवार, कार्तिक १६ २०७९

  • 623
    SHARES

  • निर्वाचन आयोगद्धारा प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा रोक्न निर्देशन

    काठमाडौ .

    निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ । प्रधानमन्त्री देउवा आज सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा हुनुहुन्थ्यो ।

    त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न÷नगराउन निर्देशन दिने निर्णय गरेको हो ।

    आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो ।प्रधानमन्त्री देउवा आज आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा जाने र भोलीदेखी चुनावी कार्यक्रममा सहभागि हुने तालिका तय थियो ।


    बुधवार, कार्तिक १६ २०७९१२:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij