Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

३१ औं अरब लिग शिखर सम्मेलनमा सीद्वारा अल्जेरियाका राष्ट्रपति तोबोनोलाई बधाई

३१ औं अरब लिग शिखर सम्मेलनमा सीद्वारा अल्जेरियाका राष्ट्रपति तोबोनोलाई बधाई

  • बुधवार, कार्तिक १६ २०७९

  • 438
    SHARES

  • ३१ औं अरब लिग शिखर सम्मेलनमा सीद्वारा अल्जेरियाका राष्ट्रपति तोबोनोलाई बधाई

    काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन् ।

    अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन् ।

    अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताएका छन् ।

    चिनियाँ राष्ट्रपतिले अरब देशहरू बीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरूको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गरेका छन् ।

    ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । मंगलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए ।


    बुधवार, कार्तिक १६ २०७९०२:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij