Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

७१ उम्मेदवारलाई आयोगको स्पष्टीकरण माग

७१ उम्मेदवारलाई आयोगको स्पष्टीकरण माग

  • बुधवार, कार्तिक १६ २०७९

  • 498
    SHARES

  • ७१ उम्मेदवारलाई आयोगको स्पष्टीकरण माग

    काठमाडौ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत गर्ने ७१ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगले गत असोज १२ देखि अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको आज बताएको छ ।

    यस्तै उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा सभा सम्मेलन आयोजना गर्न मञ्च बनाउँदा लागेको खर्च विवरण बुझाउनुपर्ने भएको छ ।

    आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज आयोगको पत्रकार सम्मेलनमा जुनसुकै उम्मेदवारहरूले चुनावी क्षेत्रमा चुनावी सभा सम्मेलन गर्दा भएको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरूलाई निर्देशन दिएको जानकारी दिनुभएको छ ।


    बुधवार, कार्तिक १६ २०७९०२:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij