Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेले आज दार्चुलाबाट चुनावी सभा सुरु गर्दै, ओलीले आजै तीनवटा कार्यक्रम सम्बोधन गर्ने 

एमालेले आज दार्चुलाबाट चुनावी सभा सुरु गर्दै, ओलीले आजै तीनवटा कार्यक्रम सम्बोधन गर्ने 

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 758
    SHARES

  • एमालेले आज दार्चुलाबाट चुनावी सभा सुरु गर्दै, ओलीले आजै तीनवटा कार्यक्रम सम्बोधन गर्ने 
    काठमाडौं । नेकपा एमालेको चुनावी आमसभा शुक्रबार(आज) सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला जानुहुने छ । ओली हिजो नै धनगढी पुगिसक्नुभएको छ ।

    एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओली नेतृत्वको सरकारले अढाई वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

    ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दै छ । ओली आजै दिउँसो २ बजे बैतडी र अपराह्न ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने बताइएको छ  । एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

    हिजोदेखि चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । त्यससँगै दल र नेताहरू चुनावी सभामा केन्द्रित हुन थालेका छन् । 


    शुक्रवार, कार्तिक १८ २०७९०६:५६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij