Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा गृह जिल्लाको चुनावी अभियानमा व्यस्त, आज दुई सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा गृह जिल्लाको चुनावी अभियानमा व्यस्त, आज दुई सभालाई सम्बोधन गर्ने

  • शुक्रवार, कार्तिक १८ २०७९

  • 602
    SHARES

  • प्रधानमन्त्री देउवा गृह जिल्लाको चुनावी अभियानमा व्यस्त, आज दुई सभालाई सम्बोधन गर्ने
    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामा व्यस्त हुनुभएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका देउवा बुधबार काठमाडौंबाट धनगढी पुग्नुभएको थियो । हिजो गृह जिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवा चुनावी सभामै व्यस्त बन्नुभएको छ ।
     
    प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
     
    देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुने छ ।
     
    देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ ।
     
    डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दै छन् ।
     


    शुक्रवार, कार्तिक १८ २०७९०७:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij