Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मंसिर १ गतेदेखि तीन दिन सीमा नाका बन्द हुने

मंसिर १ गतेदेखि तीन दिन सीमा नाका बन्द हुने

  • शनिवार, कार्तिक १९ २०७९

  • 701
    SHARES

  • मंसिर १ गतेदेखि तीन दिन सीमा नाका बन्द हुने

    काठमाडौ। आगामी मंसिर १ गतेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । नेपाल–भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।

    रुपन्देहीमा सम्पन्न बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेडसहित सुरक्षा प्रमुखहरू सम्मीलित बैठकले यो निर्णय गरेको हो ।

    सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी बढाईने भएको छ ।


    शनिवार, कार्तिक १९ २०७९०५:५४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij