Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनको प्रसार गरिदिन निजी क्षेत्रलाई आयोगको आग्रह

निर्वाचनको प्रसार गरिदिन निजी क्षेत्रलाई आयोगको आग्रह

  • मंगलवार, कार्तिक २२ २०७९

  • 507
    SHARES

  • निर्वाचनको प्रसार गरिदिन निजी क्षेत्रलाई आयोगको आग्रह

    काठमाडौं, निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षामा सहयोग गरिदिन निजी क्षेत्रका उद्योगी र व्यवसायीलाई आग्रह गरेको छ ।

    आज आयोजित ‘निजी क्षेत्रसँग अन्तरक्रिया’कार्यक्रममा आयोगले यस्तो आग्रह गरेको हो। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गर्नुभएको हो ।

    उनले आयोगको समाजिक सञ्जालमा आवद्ध भइ आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरे।

     


    मंगलवार, कार्तिक २२ २०७९०५:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij