Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन

सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन

  • मंगलवार, कार्तिक २२ २०७९

  • 601
    SHARES

  • सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन

    काठमाडौं । डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचारप्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ।

    आज गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचारप्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको छ।

    निर्वाचन आचारसंहिताले खुला प्रचारका लागि समय दिएको अवस्थामा उम्मेदवारलाई माइकिङ गर्न नदिनु बहुदलीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने आयोगले स्मरण गराएको छ।

    आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो।'

    'आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।'

    आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रुपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत प्रतिस्पर्धी रहेको डडेल्धुरामा सोमबार प्रशासनले ढकाललाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोक लगाएको घटना सार्वजनिक भएको थियो। ढकालले आफूलाई प्रशासनले चुनावमा जानै रोकेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गर्नुभएको थियो ।

    ढकालले गुनासो गरेको केही घण्टामै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चुनाव प्रचारमा अवरोध नगरेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो।

    11.jpg


    मंगलवार, कार्तिक २२ २०७९०८:२०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij