Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अघिल्ला पाँचवर्ष ओखलढुंगेलीले दुःख र पश्चातापबाहेक केही पाएनन् : रामहरि खतिवडा

अघिल्ला पाँचवर्ष ओखलढुंगेलीले दुःख र पश्चातापबाहेक केही पाएनन् : रामहरि खतिवडा

  • बुधवार, कार्तिक २३ २०७९

  • 440
    SHARES

  • अघिल्ला पाँचवर्ष ओखलढुंगेलीले दुःख र पश्चातापबाहेक केही पाएनन् : रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ओखलढुङ्गा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उमेद्वार रामहरि खतिवडाले अघिल्लो निर्वाचन पछिको ५ वर्ष ओखलढुंगाका जनताले दुःख र पश्चातापबाहेक केही नपाएको बताउनुभएको छ ।

    अघिल्लो निर्वाचनमा एमाले र माओवादीका साझा उमेद्धार यज्ञराज सुनुवारसँग पराजित हुनुभएका नेता खतिवडाले निर्वाचन जितेर सुनुवार १ पटक गाउँ नफर्किँदा जनताका समस्या ज्युँका त्युँ रहेको र समाधान हुनुपर्नेमा झन् थपिदै गएको बताउनु भयो । आफू संविधानसभा सदस्य बन्दा गरेको विकासभन्दा ओखलढुङ्गामा अन्य कुनै विकासले स्थान नपाएको भन्दै उहाँले आम मतदाता आक्रोशित बनेर विकल्पमा पुनः आफुलाई खोजेको जिकिर गर्नुभयो ।

    ओखलढुंगाबासीले संविधानसभा सदस्य बनाएर पठाउँदा पुरा गर्न बाँकी रहेका केही काम समेत गर्नुपर्ने बताउँदै अबको कार्यकालमा दयनिय अवस्थामा रहेका पूर्वाधारहरु सडक, पुल, शिक्षा, स्वास्थ्यजस्ता आधारभुत क्षेत्रलाइ प्राथमिकतामा राखेको बताउनुभयो।

    यसको विकासका लागि आफ्नो विकल्प नभएको दाबी गर्दै उहाँले मतदाताको घरघरमा पुग्दा देखेको उत्साहले जित सुनिश्चीत बनेको बताउनुभयो। हरेक दिन सयौँको सख्यामा पार्टी प्रवेशको लहर र माला खादासहित आफुलाई दिएको हौसलाले यो निर्वाचन मात्रै नभइ आगामी निर्वाचनका लागि समेत सिँगो ओखलढुङ्गा कांग्रेसमय बनेको दावी गनुभयो ।


    बुधवार, कार्तिक २३ २०७९०१:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij