काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशको विकास गर्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
आज सुदुरपश्चीमको डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट बाट देशको विकास नहुने बभएकोले कुनैपनि अपेक्षा गर्न नसकिने बताउनुभयो ।
उहाँले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको भन्दै आलोचना समेत गर्नुभयो ।