Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनादेशलाई पूर्ण पालना गर्छौँ : देउवा

जनादेशलाई पूर्ण पालना गर्छौँ : देउवा

  • मंगलवार, कार्तिक २९ २०७९

  • 538
    SHARES

  • जनादेशलाई पूर्ण पालना गर्छौँ : देउवा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आफूले जितेमा संसद विघटन नगर्ने पनि बताउनुभएको छ ।

    पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

    यस क्रममा देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गर्नुभएको थियो।

    पश्चिम नवलपरासी–१ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन् । देउवाले भने चौधरीलाई यस क्षेत्रबाट विजय बनाउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।


    मंगलवार, कार्तिक २९ २०७९०२:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij