Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आचारसंहितामा आयोगको कडाइ, स्थिर समयमा प्रचारप्रसारमा रोक (खासखबर)

आचारसंहितामा आयोगको कडाइ, स्थिर समयमा प्रचारप्रसारमा रोक (खासखबर)

  • मंगलवार, कार्तिक २९ २०७९

  • 690
    SHARES

  • आचारसंहितामा आयोगको कडाइ, स्थिर समयमा प्रचारप्रसारमा रोक (खासखबर)

    काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तीब्र गतिमा भइरहेको छ । निर्वाचन आयोगले आचारसंहितामा समेत कडाइ गरेको छ । मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

    निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो । अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयुक्त भण्डारीको भनाइ छ ।

    यता, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले स्थानीय अनुगमन अधिकृतहरुलाई प्रशिक्षण दिँदै निर्वाचनमा मत बदर हुने दरलाई कम गर्न समेत निर्देशन दिनुभयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउनका निम्ति आयोगले भरपुर मेहनत गरिरहेको छ ।

    निर्वाचन आयोगले दिने निर्देशन र आचारसंहिता पालनाका निम्ति मुलुकका सबै राजनीतिक दलहरुले नै हस्ताक्षर गरेका हुन्छन् । तर, चुनावी मैदानमा होमिएपछि नियम कानून सबै बिर्सने र बिर्सेजस्तो गर्ने प्रवृत्तिले बेला बखत समस्या सिर्जना गरिरहेको हुन्छ । निर्वाचनलाई सभ्य र भव्य बनाउनका निम्ति मुलुकका हरेक तहको उत्तिकै जिम्मेवारी रहेको हुन्छ ।


    मंगलवार, कार्तिक २९ २०७९०८:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij