Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अभिनेत्री केकी अधिकारी गगन थापाको पक्षमा खुलिन्,मागिन् भोट

अभिनेत्री केकी अधिकारी गगन थापाको पक्षमा खुलिन्,मागिन् भोट

  • बुधवार, कार्तिक ३० २०७९

  • 503
    SHARES

  • अभिनेत्री केकी अधिकारी गगन थापाको पक्षमा खुलिन्,मागिन् भोट

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा भोट माग्नुभएको छ ।

    आसन्न निर्वाचनमा काठमाडौं-४ का कांग्रेसका उम्मेदवार थापालाई उहाँले सामाजिक सञ्जालमा भिडियोमार्फत् मत माग्नुभएको हो । थापालाई अलग अलग समयमा विभिन्न माध्यमबाट चिन्ने मौका पाएको र छोटो समयमा दाजु बहिनीको रुपमा चिनिएको उहाँले उल्लेख गर्नुभएको छ । ‘राष्ट्रप्रति देखाएको निष्ठा, जनप्रतिको सेवाको भाव र संसद र संविधानप्रतिको लगाव निकै प्रसंशनीय छ,’ उहाँले भन्नुभएको छ ।

    कोभिडको समय उहाँको सामाजिक सञ्जालमा आएका टिप्पणीमा थापाले देखाएको तदारुकता र जनसरोकारको विषयमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताउनुभएको छ ।


    बुधवार, कार्तिक ३० २०७९०२:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij