Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

  • बिहिवार, मंसिर १ २०७९

  • 568
    SHARES

  • उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

    काठमाडौं । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

    वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रमकताको प्रमाणको रूपमा हेर्छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।

    उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मुर्खतापूर्ण कार्य’ भएको बताएका छन्।


    चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भने– “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”

    दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भने– “सेनाले स्थानीय समयअनुसार बिहान १०ः४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।”

    उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर ९१५० माइल० उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ ।


    बिहिवार, मंसिर १ २०७९०२:५४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij